सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलन: आजदेखि देशभर अनिश्चितकालीन बन्द

पाेखरा | जेठ १९, २०८२

सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलन: आजदेखि देशभर अनिश्चितकालीन बन्द

काठमाडौँ:   यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।

 

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रेका हुन् ।

 

उनीहरूकाे गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग छ । 

 

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन परेकाे व्यवसायीहरूकाे भनाइ छ । 

 

यसअघि गण्डकी प्रदेशमा गत १५ गतेदेखिनै सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा छन् ।
 

यो पनि पढ्नुहोस

 

 

 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्